(१) अध्यक्षको सामान्य नियन्त्रण र निर्देशनमा रही अदालतको प्रशासकीय रेखदेख र नियन्त्रण गर्ने कर्तव्य र अधिकार रजिष्ट्रारको हुनेछ ।
अदालतको सबै कर्मचारीहरु रजिष्ट्रारको प्रशासकीय रेखदेख र नियन्त्रणमा रहनेछन् ।
(२) उपनियम (१) बमोजिमको काम र कर्तव्यको अतिरिक्त रजिष्ट्रारको अन्य काम र कर्तव्य देहाय बमोजिम हुनेछ –
(क) निवेदनपत्र दर्ता गर्ने ।
(ख) पुनरावेदन पत्र दर्ता गर्ने ।
(ग) पुनरावेदकले कानून व्यवसायी नियुक्त गरेकोमा वकालतनामा दर्ता गर्ने ।
(घ) अदालतमा दर्ता हुन आएका पुनरावेदनपत्रमा प्रचलित कानून बमोजिम लाग्ने रकम दाखिला गराउने ।
(ङ) अदालतको म्याद तथा सूचना जारी गर्ने, तामेल गराउने र सो सम्बन्धमा आवश्यक निकासा दिने ।
(च) कानून बमोजिम मुद्दाका पक्षहरुको म्याद तारीख थाम्ने र तारीखसंग सम्बन्धित व्यवस्था मिलाउने ।
(छ) मुद्दाका दायरी मिसिल र छिनुवा मिसिलहरु ठीकसंग राख्न लगाउने ।
(ज) वार्षिक प्रतिवेदन तयार गर्ने ।
(झ) अदालतको आदेश बमोजिम गर्नुृ पर्ने काम कारवाही सम्बन्धमा लेखापढी गर्ने ।
(ञ) प्रचलित कानून बमोजिम मिसिल कागजातको नक्कल दिने । तर मिसिलमा रहेको गोप्य कागजातको नक्कल दिइने छैन ।
(ट) पेश भएको सक्कल लिखत काम सकेपछि सम्बन्धित पक्षलाई फिर्ता गर्ने ।
(ठ) मिसिल कागजातको निरीक्षणको निमित्त परेको निवेदनमा निकासा दिने ।
(३) रजिष्ट्रारले आफूलाई भएको अधिकारमध्ये कुनै अधिकार आफ्ना मातहतका कर्मचारीलाई सुम्पन सक्नेछ ।